Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं, पुस ७ – वयानका लागि सर्वोच्च अदालत पुगेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीलाई अदालत भित्रै कालोमोसो दलिएको छ ।

कालोमोसो दलिएको नौ मिनेटपछि नै उहाँले एक अपिल जारी गर्नु भएको छ । आफूले अख्तियार प्रमुख भएर काम गरिरहँदा निकै बाधा अड्चन जेल्नुपरेको भन्दै उहाँले दुःखेसो पनि गर्नु भएको छ ।

फूलको स्याहार गर्ने मालीसँग तुलना गर्दै उहाँले ‘ फूलको स्याहार सम्भार र संरक्षण गरेबापत मालीले कुटाई खानुपर्ने जस्तो अवस्था पैदा भए कस्तो होला ?  भ्रष्टाचार नियन्त्रणका निम्ति गठित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त म लोकमान सिंह कार्की यतिबेला यस्तै प्रश्नको जवाफ बन्नु परेको छ ।’ भन्नु भयो ।

बिहीबार पेशी कक्षमा जाँदै गरेका कार्कीलाई पछाडिबाट गएका दुईजनाले कालोमोसो दलेका थिए । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अदालतले बयानका लागि कार्की आफैलाई अदालत उपस्थित हुन आदेश दिएपछि उहाँ अदालत पुग्नुभएको थियो ।

तपाईको प्रतिक्रिया