Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काभ्रेपलाञ्चोक – नेपाल प्रहरी स्कुल साँगामा जारी २४अाैँ आइजिपी रनिङ ट्रफी फुटबलको उपाधि आयोजक नेपाल प्रहरी स्कुल साँगाले हात पारेको छ ।
प्रहरी स्कुलले ललितपुरको लिटल एन्जेल्स बोर्डिङ स्कुललाई ४– शून्यले पराजित गरेको थियो । आज भएको अन्तिम खेलमा प्रहरी स्कुलका सिद्धार्थ बस्नेत र देवराज थापाले पहिलो हाफमा १– १ गोल तथा दोस्रो हाफमा समिर थापाले २ गोल गरेका थिए । विजेता तथा उपविजेतालाई प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले पुरस्कार ट्रफी र पदकले सम्मान गर्नुभएको थियो ।

विजेता समूहले रु ३० हजार तथा उपविजेताले रु २० हजार नगद हात पारेका छन् । खेलमा काठमाडौँ उपत्यका सहित काभ्रेपलाञ्चोकका १६ स्कुलको सहभागिता रहेको थियो । साथै साँगाका स्वयम्सेवकले विजयी स्कुललाई रु ३० हजार सहित सम्मान गरेका थिए ।

तपाईको प्रतिक्रिया