Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – नागढुङ्गा सुरुङमार्ग निर्माण परियोजना कार्यान्वयनका लागि नेपाललाई १५ अर्ब ४० करोड ५० लाख रुपैयाँ ऋण (१६.६३ विलियन जापानी येन) सहायता उपलब्ध गराउन जापान सहमत भएको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकको उपस्थितिमा आज अर्थ मन्त्रालयमा सम्पन्न सम्झौतामा ०.०१ प्रतिशत ब्याजदरमा ४० वर्षका लागि उक्त ऋण उपलब्ध गराउन जापान सहमत भएको उल्लेख छ । अर्थ सचिव डा. शान्तराज सुवेदी र नेपालका लागि जापानी राजदूत मासासी ओगावाले आयोजनासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरे भने सोही अवसरमा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख बैकुण्ठ अर्याल र जापानी सहयोग नियोग (जाइका)का नेपाल प्रमुख जुन साकुमाले ऋणपत्रमा हस्ताक्षर गर्नुभयो ।
सम्झौतापछि अर्थ सचिव डा. सुवेदीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा यस आयोजनालाई लिइएको उल्लेख गर्दै नेपालका लागि पहिलो सुरुङ आयोजना निर्माणमा जापान सरकारले सहयोग गरेकोप्रति आभार व्यक्त गर्नुभयो । नेपालका लागि जापानी राजदूत ओगावाले सुरुङ परियोजना नेपाल र जापान सम्बन्धको कोसेढुङ्गाका रुपमा रहने उल्लेख गर्दै नयाँ प्रतीकका रुपमा लिएर यस परियोजनालाई सम्पन्न गरिने बताउनु भयो । उहाँले यस परियोजना कार्यान्वयनमा सहयोग गर्न सम्बन्धित सबै निकायलाई आग्रह समेत गर्नुभयो ।
जापानले बनाउने उक्त परियोजना सन् २०२२ मा सम्पन्न गरिनेछ ।
२१ अर्ब जापानी येनमा सम्पन्न हुने उक्त परियोजनाको १६.६३ अर्ब जापानी येन जापानले र बाँकी नेपाल सरकारले व्यहोर्ने छ ।

तपाईको प्रतिक्रिया