Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – गतिरोध अन्त्यका लागि दलहरुबीच भएका छलफल निश्कर्षमा पुग्न नसकिरहेका समय ब्यवस्थापिका संसदको बैठक आज पुनः बोलाईएको छ ।

सरकारले गत मंसिर १४ गते दर्ता गरेको संविधान संशोधन विधेयकलाई लिएर एमाले सहितका प्रतिपक्ष दलले लगातार संसद बैठक अवरुद्ध पार्दै आएका छन् ।

गत सोमवारको बैठकमा निर्वाचन र संविधान संशोधन दुवै विधेयकलाई कार्यसूचीमा समेटेपछि थप रुष्ट बनेको एमालेले आजको बैठक समेत चल्न नदिने बताएको छ । बैठक दिउँसो एक बजेका लागि बोलाईएको छ ।

संविधान संशोधन विधेयक फिर्ताको माग गर्दै एमाले लगायत प्रतिपक्षी मोर्चाले यसअघिका ७ वटा बैठक अवरुद्ध पारेका थिए । संशोधन विधेयक दर्तासँगै उत्पन्न संसदीय गतिरोधका कारण निर्वाचनसंग सम्बन्धित विधेयक अघि बढ्न सकेको छैन भने

अख्तियारका लिम्बित प्रमुख लोकमानसिंह कार्कीबिरुद्धको महाअभियोग प्रस्ताव समेत अलपत्र परेको छ ।  यसैबीच, कार्यब्यवस्था परामर्श समितिको बैठक दिउँसो साडे १२ बजे बस्दैछ ।

सभामुख ओनसरी घर्तीको संयोजनमा बस्ने बैठकमा कार्यसूचीमाथि दलीय सहमतिको प्रयास हुने संसद सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया