Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काबुल – अफगानिस्तानको राजधानी काबुलमा रहेको एक सांसदको घरमा आक्रमण भएको छ । आक्रमणमा परि कम्तिमा पाँच जनाको ज्यान गएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

ज्यान जानेमा दुई बालबालिका पनि छन् । तीन जना बन्दुकधारीले हेलमन्द प्रान्तका सांसद मिर वलीको घरमा आक्रमण गरेका हुन् । सांसद वली घरबाट सुरक्षित निश्किएका छन् ।

आक्रमणमा केही मानिस घाइते भएका छन् । तालिबानले आक्रमणको जिम्मेवारी लिएको छ । सन् २०१४ मा अफगानिस्तानबाट अन्तर्राष्ट्रिय सेना फिर्ता भएपछि हेलमन्द प्रान्तका धेरै क्षेत्रमा तालिबानले दबाब कायम गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया