Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

सोलुखुम्बु – दुर्गम हिमाली जिल्ला सोलुखुम्बुमा रहेका अस्थायी शिक्षकमा स्थायी शिक्षकका लागि हुने परीक्षामा भन्दा ‘गोल्डेन ह्यान्डसेक’को सुविधामा लिने बढी देखिएका छन् ।

सरकारले शिक्षा ऐनको आठौँ संशोधनमा गरेको व्यवस्थाअनुसार कार्यरत अस्थायी शिक्षकलाई ‘गोल्डेन ह्उान्डसेक’मा अवकाश दिने वा आन्तरिक प्रतियोगितामा सहभागी गराई स्थायी शिक्षक बनाउने विकल्पअनुसार परीक्षामा बस्नेको सङ्ख्या कम देखिएको जिल्ला शिक्षा कार्यालय सोलुखुम्बुले जनाएको छ ।

जिल्लामा कार्यरत दुई सय ७८ जना अस्थायी शिक्षकमध्ये एक सय ३६ जनाले स्थायी शिक्षक बन्न फाराम भरेका र एक सय ४२ जनाले गोल्डेन ह्यान्डसेकका लागि आवेदन दिएका जिल्ला शिक्षा कार्यालय सोलुखुम्बुका विद्यालय निरीक्षक इन्द्रप्रसाद दाहालले जानकारी दिनुभयो ।

यसमा प्राथामिक तहमा दुई सय १८ जना अस्थायी शिक्षकमध्ये एक सय १७ जना परीक्षामा बस्ने भएका छन् भने एक सय एकजना शिक्षकले गोल्डेन ह्यान्डसेक रोजेका छन् ।

यस्तै, निम्न माध्यमिक तहका २९ जना शिक्षकमध्ये स्थायीका लागि हुने आन्तरिक परीक्षामा १२ जनाले भाग लिने भएका छन् र १७ जनाले सुविधाका लागि आवेदन दिएका छन् । यस्तै, माध्यमिक तहमा कार्यरत ३१ शिक्षकमध्ये सातजनाले परीक्षा र २४ जनाले अवकाश रोजेका छन् ।

शिक्षा ऐन, २०२८ को आठौँ संशोधनको दफा ११ ९ च को उपदफा ९ ख बमोजिम स्रोतव्यक्तिमार्फत तथा आफैँ कार्यालयमा उपस्थित भएर सामुदायिक विद्यालयमा अस्थायी तथा लियन पदमा अध्यापनरत शिक्षकको परीक्षा तथा अवकाशमध्ये एक रोज्न निवेदन सङ्कलनका लागि जिल्ला शिक्षा कार्यालय सोलुखुम्बुले सूचना जारी गरेको थियो ।

सोही सूचनाका आधारमा शिक्षकले आफ्नो इच्छा अनुसारको विकल्प रोजेका हुन् । संशोधित ऐनले शिक्षकलाई अवकाश लिने वा स्थायीका लागि आन्तरिक परीक्षामा सहभागी हुनेमध्ये दुवै विकल्प खुल्ला गरेको छ ।

तपाईको प्रतिक्रिया