Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौँ – परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले विद्यार्थीको हक हितका अतिरिक्त समाज कल्याणका काममा पनि लाग्न नेपाल विद्यार्थी सङ्घलाई आग्रह गर्नुभएको छ ।

बानेश्वर शान्तिनगरस्थित ज्येष्ठ नागरिक आवासगृहका ज्येष्ठ नागरिकलाई नेपाल विद्यार्थी सङ्घद्वारा प्रदान गरिएका कम्बल वितरण गर्दै मन्त्री डा महतले समाजमा आश्रयहीन नागरिक, बालबालिका तथा वृद्धवृद्धाको सहयोगका लागि विद्यार्थी वर्गले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

“नेपालमा प्रजातान्त्रको स्थापनाका लागि सङ्घर्ष गरेको नेपाल विद्यार्थी सङ्घको गरिमामय इतिहासको स्मरणगर्दै उहाँले भन्नुभयो — “वर्तमान लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरणमार्फत न्यायपूर्ण समाजको स्थापनामा लाग्नु पनि विद्यार्थीको एक प्रमुख कर्तव्य हो ।”

मन्त्री डा महतले देश निर्माणका लागि प्रतिभाशाली र अनुशासित विद्यार्थीप्रति ठूलो भरोसा रहेकाले सामाजिक न्याय र कानुनी शासनका लागि लागिपर्न तथा समाजमा विभिन्न कारणले पछि परेका वर्गको सहयोग र उत्थानमा अग्रणी भूमिका निर्वाह गर्न नेपाल विद्यार्थी सङ्घको नेतृत्वसँग आग्रह गर्नुभयो ।

ज्येष्ठ नागरिक कसैका आमाबुबा मात्र नभएर देशका नै अभिभावक भएकोले उहाँहरुमा रहेको अनुभव र सीपबाट लाभान्वित हुने र उहाँहरुको सम्मान तथा सहयोगका लागि नेपाल सरकारले विशेष नीति अख्तियार गर्ने पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाल विद्यार्थी सङ्घका कार्यबाहक अध्यक्ष पुष्पकुमार शाहीले नेपाल विद्यार्थी सङ्घले समाजका विभिन्न वर्गका नागरिकको सहयोगका लागि उदाहरणीयकार्य गरेर देखाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा ज्येष्ठ नागरिक आवसगृहमा रहेका ६० जना ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया