Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

भैरहवा – नेकपा एमाले सम्वद्ध युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा प्रयोग गरिएको मोटरसाइकल प्रहरीले फेला पारेको छ ।
देवदहको खैरहनी बजारबाट दक्षिणी पश्चिमी क्षेत्र मणिग्रामको कान्छी बजारमा बेवारिसे अवस्थामा बा ५१ प ८०७३ नम्बरको मोटरसाइकल स्टार्ट गरिएकै अवस्थामा रहेको प्रहरीले बताएको छ । बरामद मोटरसाइकल १ सय ५० सिसीको रातो रंगको छ । घटनापश्चात आक्रमणकारीहरु भित्री बाटोको प्रयोग गर्दै भागेको प्रहरीको आंकलन छ । आक्रमणकारीहरुले मुख्य राजमार्गहरुमा प्रहरी गस्ती देखेपछि मोटरसाइकल स्टार्ट अवस्थामै छाडेर भागेको प्ररम्भिक अनुसन्धानबाट खुलेको छ ।
यसैबीच, प्रहरीले भैरहवाको एक युवकलाई पक्राउ गरेको जनाएको छ । उनको नाम भने खुलाइएको छैन ।

तपाईको प्रतिक्रिया