Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

बर्लिन – जर्मनीको राजधानी बर्लिनको व्यस्त क्रिसमस बजारमा एक व्यक्तिले अनियन्त्रित रुपमा ठूलो ट्रक (लरी) चलाउँदा ९ जनाको ज्यान गएको छ ।

बर्लिनको मुख्य भागमा रहेको क्रिसमस बजारमा भएको घटनामा ५० जना भन्दा धेरै घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छ । बर्लिनका गृहमन्त्री एन्ड्रयास गाइजेलले यो घटना आक्रमण वा दुर्घटना के रहेको भन्ने नखुलेको बताउनुभएको छ ।

घटनामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरिएको बर्लिन प्रहरीले जानकारी दिएको छ । यस्तै लरीका एक यात्रुको भने घटनामा ज्यान गएको छ । यो घटनाले गएको जुलाईमा फ्रान्सको निस शहरमा भएको यस्तै प्रकारको घटनालाई सम्झाएको छ ।

गएको जुलाईमा ट्युनिसयामा जन्मेका एक व्यक्तिले निस शहरमा आतिसवाजी हेर्न जम्मा भएका मानिसको भिडमा ट्रक चलाउँदा ८६ जनाको ज्यान गएको थियो । त्यो आक्रमणको जिम्मा बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले लिएको थियो ।

तर अहिले बर्लिनमा भएको घटनाको विषयमा भने छानबिन भइरहेको स्थानीय अधिकारीले बताएका छन् । जर्मनीका सञ्चारमाध्यमले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै घटना नियतवस भएको बताएका छन् ।

प्रहरीले अर्को कुनै खतरनाक घटना हुने सम्भावना नरहेको तर घटना भएको स्थानबाट पर रहन सर्वसाधारणसँग अनुरोध गरेको छ । जर्मन चान्सलर एन्गेला मर्केलले गृहमन्त्री तथा बर्लिनका मेयरलाई टेलिफोन गरेर घटनाको विषयमा जानकारी लिनुभएको छ ।

तपाईको प्रतिक्रिया