Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – लोडसेडिङ हटाउने अभियानमा अवरोध गरेको आरोपमा नेपाल विद्युत् प्राधिकरणका तीनजना सञ्चालकलाई सरकारले आज बर्खास्त गरेको छ ।
उर्जा मन्त्रालयले प्राधिकरण सञ्चालक समिति सदस्यहरु लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाई कारबाही गरेको हो । विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले लोडसेडिङ अन्त्य गर्ने अभियान चलाइरहेका बेला उनीहरुले अवरोध गरेको आरोप लगाए । उनीहरुलाई मन्त्रालयले स्पष्टीकरण सोधेकोमा चित्तबुझ्दो जवाफ नभएको र राष्ट्रहितको काममा अवरोध पुर्‍याएको भन्दै बर्खास्त गरिएको बताइएको छ ।


यसैबीच, आजै विद्युत प्राधिकरणमा रिक्त रहेको तीन सञ्चालकमा सरकारले नयाँ सदस्य नियुक्त गरेको छ । भक्तबहादुर पुन, चेतराज जोशी र उमेशप्रसाद थानीलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको प्राधिकरण श्रोतले जनाएको छ । उहाँहरु क्रमशः रुकुम, बाजुरा र सुर्खेत स्थायी निवासी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया