Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

रौतहट – भारतीय टेम्पुको ठक्करबाट रौतहटको गौरका हरिन्द्र साहको ज्यान गएको छ । सीमावर्ती भारतको वैरगनिया बजारमा सामान लिन गएका साहलाई भारतीय टेम्पुले ठक्कर दिएको हो । टेम्पुको ठक्करबाट गम्भीर घाइते भएका साहको उपचारका क्रममा ज्यान गएको हो ।

यसैबिच रौतहटको भेडियाही–४ मा आगलागी हुँदा ५  लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ । जाडो छल्न लालबाबु रायको घरमा बालेको घूरबाट आगो सल्किएको हो । आगलागीका कारण लालबाबु राय र कमल रायका दुईवटा भैँसी र ६ वटा बाख्रा मरेका छन् ।

यस्तै रौतहटकै बरियारपुर–९ मा नचिनेका मानिसले परालको कुन्यूमा आगो लगाइदिँदा दुई लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ ।

तपाईको प्रतिक्रिया