Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

जोर्डन – जोर्डनको ऐतिहासिक शहर कारकमा बन्दुकधारीको आक्रमणमा १० जनाको ज्यान गएको छ । प्रहरीको जवाफी कारवाहीमा चार जना आक्रमणकारी पनि मारिएका छन् ।

बन्दुकधारीको आक्रमणमा परि ज्यान जानेमा एक जना क्यानडियन पर्यटक र कम्तिमा चार जना प्रहरी अधिकारी रहेको सरकारी अधिकारील बताएका छन् । घटनामा २७ जना घाइते भएका छन् ।

बन्दुकधारीको आक्रमणपछि सुरक्षाकर्मीले कारक शहरमा घेराबन्दी गरेका थिए । तर अहिले घेराबन्दी हटाइएको छ । जवाफी कारवाहीमा मारिएका आक्रमणकारीसँग विस्फोटक पदार्थ, हतियार तथा आत्मघाती बेल्ट रहेको सुरक्षाकर्मीले बताएका छन् ।

बन्दुकधारीले कारकको प्राचीन किल्ला क्रुसेडर्स कासलमा हमला गरेका हुन् । किल्लामा फसेका पर्यटकलाई सुरक्षति रुपमा बाहिर निकालिएको जोर्डनका सञ्चारमाध्यमले जनाएका छन् ।

अहिलेसम्म आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन ।

तपाईको प्रतिक्रिया