Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – सरकारले वैदेशिक रोजगारीका लागि नेपाली महिलालाई पाठाउन प्रतिबन्ध लगाएका देशहरुमा तस्करहरुले नयाँ रुटबाट पठाउने गरेको पाइएको छ । तस्कर समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेपछि तस्करीको नयाँ रुट पत्ता लागेको हो ।

तस्करहरुले स्थलमार्गबाट भारत, श्रीलंकाहुँदै कुवेत ओमानलगायतका देशहरुमा देशमा महिलालाई पाठाउने गरेको खुलासा भएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तस्करहरुले युवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारेर लाने गरेको जनाएको छ ।

नवलपरासी लुम्कीवास ३ का ३५ वर्षीय रजकुमार खरेल, ताप्लेजुङ फुलबारी ७ का ४६ वर्षका पूर्णबहादुर लिम्बु र रुपन्देही गंगोलिया ६का ४१ वर्षीय हरीप्रसाद थारुलाई पक्राउ गरेसँगै तस्करीको नयाँ रुट पत्ता लागेको हो ।

तपाईको प्रतिक्रिया