Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

लन्डन – बेलायतको लेमन लिफ रेस्टुरामा शनिवार एफसी क्लब (भेटेरन) को वर्षगाँठ भब्यरुपमा सम्पन्न भएको छ ।

विगतका वर्षहरुझै फुटबल खेल्ने सिजन सकिए पछि वर्षभरिको शिल्ड र जितेका नगद पुरास्कारहरु एकसाथ बनाएर परिवारहरू सँगै बसी दुःख सुखका गफ, चिनजान र भेटघाट गरी यस वर्षको वर्षगाँठ मनाइयो ।

यस वर्ष बेलायतमा रहेका नेपालीहरूले खेलाउने विभिन्न खेलहरुबाट ३ वटा शिल्डहरु एफसी क्लब (भेटेरन)ले हात परेको थियो । वर्षगाँठको अवसरमा तिनै खेलाडी तथा नयाँ खेलाडीहरुलाई स्वागतका गर्नुका साथै खेल स्पन्सर गर्नेलार्इ धन्यवाद ज्ञापन गरियो ।

धन्यवाद ज्ञापन गर्ने क्रममा स् श्याम लामा, गुप्तराज चेम्जोङ, बुद्धीकुमार सुनुवार, सुमन थापा, नेत्र राई, भबहादुर पुन र सँगम राईलाई स्वागत स्वरूप मायाको चिनो प्रदान गरियो।

व्यवस्थापन सम्बन्धी सहयोग पुर्‍यौदै आएको स्टोर ९३ आसफोर्डको तर्फबाट प्रत्येक खेलमा जिते बापत डम्बर खजुमलाई १०० पाउण्ड र सन २०१७ को खेलाडीहरुलाई पुग्ने लुगा प्रदान गर्नुहुने गोर्खा ज्वेलरि आसफोर्डको तर्फबाट युबराज लिम्बूलाई कृतज्ञाताका साथै धन्यवाद स्वरूप प्रमाणपत्र प्रदान गरियो।

उक्त क्रममा, मेनेजर बुद्धि सुनुवर, सहायक मेनेजर छबिन्द्र चोङ्बाङ, टिम कोच लोक चेम्जोङ्, टिम क्याप्टेन पदम योङ्याहाङ् लगायतले नयाँ खेलाडीहरुलाई स्वागत साथै धन्यवाद व्यक्त गर्नु भएको थियो।

कार्यक्रमको अन्त्यतिर छबिन्द्र चोङ्बाङ, रबिन परियार र ईशु गुरुङले गीत गाएर भर्पुर मनोरन्जन दिलाउनु भएको थियो ।

तपाईको प्रतिक्रिया