Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – काठमाडौं महानगरपालिकाले गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रभित्र अवैधानिक रुपले निर्माण गरिएका चार सय घर टहरा भत्काएको छ ।
बसपार्क अव्यवस्थित भएको भन्दै महानगरपालिकाले कडा सुरक्षाकाबीच डोजर लगाएर घरटहरा भत्काएको हो । बसपार्कभित्रको जग्गा अतिक्रमण गरेर टहरा बनाइएको र पटक–पटक टहरा छाड्नका लागि सूचना जारी गरे पनि स्थानीयले अटेर गरेकाले भत्काइएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
स्थानीय बासिन्दाले भने महानगरपालिकाले खबर नगरी टहरा भत्काएको भन्दै विरोध गरेका छन् । उनीहरुले सर्वसाधारणले जीविकोपार्जन गर्न खोलिएका साना चिया पसल, किनारा पसल भत्काएर सरकारले अन्याय गरेको आरोप लगाएका छन् ।
भत्काइएका घर टहराको क्षतिपूर्ति दिनुपर्ने र वैकल्पिक स्थानको व्यवस्था गरिदिनुपर्ने माग उनीहरुले गरेका छन् ।

तपाईको प्रतिक्रिया