Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – वैदेशिक रोजगारीमा कतारमा रहेका नेपाली कामदारको मावन अधिकार रक्षा एवं प्रबद्र्धन गर्ने विषयमा दुई देशका संवैधानिक निकायबीच समझदारी भएको छ ।
राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय मानवअधिकार समिति कतारबीच वैदेशिक रोजगारीमा रहेका श्रमिकको मावनअधिकार रक्षार्थ काम गर्ने समझदारी भएको हो । आइतबार काठमाडौंमा भएको कार्यक्रमममा नेपालको तर्फबाट राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा र कतारको तर्फबाट राष्ट्रिय मानवअधिकार समिति कतारका अध्यक्ष डा। अलि बिन समीक अल्मारीले उक्त समझदारीपत्रमा हस्ताक्षर गरे ।
यो समझदारीसँगै कतारमा रहेका नेपाली कामदार र नेपालमा रहेका कतारी नागरिकलाई दुबै देशले आफ्ना नागरिकसरह मावनअधिकारको रक्षा र प्रबद्र्धन गर्नेछन् । कतारसँगको यो सझदारीपछि कतारमा रहेका नेपाली कामदारले उनीहरुको मानवअधिकारका विषयमा कुनै समस्या आएको जनाए तत्काल राष्ट्रिय मानवअधिकार समिति कतारले सम्बोधन गर्ने राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया