Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

सिन्धुली – वैदेशिक रोजगारलाई सुरक्षित गराउन सूचना प्रवाह गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालयमा भिडियो राखिएको छ ।
विसं. २०७०देखि जिल्लामा सही सूचना र परामर्श प्रदान गर्दै आएको आप्रवासन सूचना तथा परामर्श केन्द्रले प्रशासन शाखामा भिडियो जडान गरेको हो ।
सो भिडियोबाट पास्पोर्ट बनाउन जिल्ला प्रशासन कार्यालय आउने युवायुवतीलाई श्रव्य दृश्य मार्फत वैदेशिक रोजगारीमा जाँदा अपनाउनुपर्ने विभिन्न प्रक्रियाकाबारे सूचना प्रवाह गर्ने छ । यस्तै १६ औं अन्तर्राष्ट्रिय आप्रवाशन दिवसका अवसरमा उक्तल केन्द्रले आज यहाँ “सुरक्षित वैदेशिक रोजगारीको प्रतिबद्धता, हामी सबैको ऐक्यबद्धता” विषयक उच्च माध्यमिक विद्यालयस्तरीय निबन्ध प्रतियोगिता आयोजना गरेको थियो ।

तपाईको प्रतिक्रिया