Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – एसीसी अण्डर नाइन्टिन एशिया कप क्रिकेट अन्तर्गतको आज भएको नेपाल र मलेसियाबीचको खेलमा मलेसियाले नेपालसामू १५४ रनको चुनौति पेश गरेको छ ।
टस हारेर ब्याटिङ गरेको मलेसियाले ४४.४ ओभरमा सबै विकेट गुमाउँदै १५३ रनको योगफल बनायो । मलेसियाका लागि बिरनदीप सिंहले सर्बाधिक ७५ रनको अर्धशतकीय पारी खेले । उनले १२० बलको सामना गरी ७ चौका प्रहार गरेका थिए । त्यस्तै, मलेसियाका मोहम्मद हसिफ २१ र सेफ उल्लाह मलिकले ११ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् । बलिङतर्फ नेपालका अदिल खानले ३ तथा कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले २/२ विकेट लिए ।

तपाईको प्रतिक्रिया