Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – इन्डोनेसियन सैनिक सवार विमान आइतबार बिहान दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।

हर्कुलस सी १३० विमान टिमिकाबाट स्थानीय समय अनुसार आइतबार बिहान साढे पाँच बजे उडेको थियो र वामेनामा सवा ६ बजे अवतरण गर्ने बताइएको थियो ।

‘सो विमान बिहान ६ बजेर ८ मिनेट जाँदा अवतरणको तयारीमा थियो तर एक मिनेटमै सम्पर्कविहीन भयो,’ अधिकारीहरुले भनेका छन् ।

सो विमान पूर्वी क्षेत्रको दुर्गम पहाडी क्षेत्रमा पर्ने लिसुवा भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको इन्डोनेसियाको सेनालाई उद्धृत गर्दै सीएनएनको अनलाइन संस्करणले लेखेको छ ।

तपाईको प्रतिक्रिया