Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

पाल्पा  – संविधान संशोधन मार्फत प्रदेश नम्बर ५ टुक्र्याउन खोजेको विरोधमा पाल्पामा शुक्रबारदेखि जारी बन्द आइतबार दिउँसोदेखि खुल्ने भएको छ । बन्द दिउँसो १ बजेदेखि खुल्ने संयुक्त संघर्ष समितिले जनाएको छ ।

संयुक्त सघर्ष समितिको शनिबार बेलुकाको बैठकले आइतबार दिउँसो १ बजे कोणसभा  गरी बन्द खुलाउने निर्णय गरेको थियो । विरोधका कार्यक्रमलाई निरन्तरता दिने तर बन्द नगर्ने निर्णय भएको समितिले जनाएको छ । संविधान संशोधनको विरोधमा पाल्पामा निरन्तर आन्दोलन भइरहेको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, जनमोर्चा, नेकपा माले, अखण्ड पार्टी र पाल्पा  उद्योग बाणिज्य संघले संघर्ष समितिमा निर्माण गरी आन्दोल गरिरहेका छन् ।

प्रदेश विभाजको विरोधमा यसअघि ११ दिनसम्म पाल्पा बन्द भएको थियो । त्यसको  ५ दिनपछि शुक्रबारदेखि ३ दिनसम्म जिल्ला बन्द भएपछि जनजीवन प्रभाबित भएका छन् । बन्दले यातायात, बजार, शैक्षिक सस्था एबं कार्यालय टप्प छन् । अहिले बिहान पनि बन्दको प्रभाव छ ।

तपाईको प्रतिक्रिया