Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौ – आज डिसेम्बर १८ अर्थात अन्तराष्ट्रिय आप्रवासन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदैछ ।

सुरक्षित वैदेशिक रोजगारीको प्रतिवद्धता हामी सबैको एक्यबद्धता भन्ने नाराका सहित सुरक्षित आप्रवासनका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरि नेपालमा पनि मनाइँदै छ ।

सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तराष्ट्रिय महासन्धि पारित गरेको थियो ।

सोही दिनको सम्झनामा हरेक बर्ष डिसेम्बर १८ लाई अन्तराष्ट्रिय आप्रवासी दिवसका रुपमा मनाउन थालिएको हो । नेपालमा राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संघसंस्थाहरुले आप्रवासी श्रमिकको अधिकार सुनिश्चतताका लागि वकालत गर्दै सरकारको ध्यानाकर्षण गराउने गरेका छन् ।

नेपालमा प्रत्येक दिन करीब १७ सयको हाराहारीमा नेपाली कामका लागि विदेशिने गरेको सरकारी तथ्यांक छ । जस अनुसार ३० लाखभन्दा बढि नेपाली अहिले रोजगारीका लागि विदेशमा रहेको मानिन्छ ।

तर योभन्दा निकै ठूलो संख्यामा नेपालीहरु कामका लागि विदेशमा रहेको अनुमान गरिन्छ । श्रमका लागि नेपाली जानेमा खाडी मुलुकहरु, मलेशिया, दक्षिण कोरिया, पूर्वी अमेरिका लगायत पर्दछ ।

तपाईको प्रतिक्रिया