Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

चीन – चीन अमेरिकाको समुद्री ड्रोन फिर्ता गर्न सहमत भएको छ । चीनले अमेरिकी समुद्री ड्रोन दक्षिणी चीन सागरबाट नियन्त्रणमा लिएको थियो ।

चीन ड्रोन फिर्ता गर्न सहमत भएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ । चीन प्रशासनसँगको सीधा सम्पर्कमा समुद्री ड्रोन युयुवी फिर्ता गर्ने विषयमा सहमति बनेको पेन्टागनका प्रवक्ता पिटर कुकले जानकारी दिनुभयो ।

चीनले अमेरिकाको समुद्री ड्रोन दक्षिणी चीन सागरको अन्तर्राष्ट्रिय जलक्षेत्रबाट बिहीबार नियन्त्रणमा लिएको थियो । त्यसपछि अमेरिकाले चीनसँग आफ्नो ड्रोन फिर्ता गरिदिन औपचारिक आग्रह गरेको थियो ।

ओसन ग्लाइडर नामको ड्रोन पानीमा रहेको नुनको मात्रा तथा तापक्रम पत्तालगाउनका लागि प्रयोग गर्ने गरिएको थियो । ड्रोनले दिएको जानकारी पानीमुनिको सञ्जालको सीमांकनका लागि प्रयोग गरिने अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले बताएको छ ।

चीनको रक्षा मन्त्रालयले अमेरिकी ड्रोन औपचारिक रुपमा फिर्ता गरिने जनाएको छ । तर कहिले भन्ने चाहीँ खुलाएको छैन ।

 

तपाईको प्रतिक्रिया