Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – काठमाडौंको दक्षिणकालीमा विद्यार्थी चढेको गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटना १५ जना विद्यार्थी घाइते भएका छन् ।

वनभोज लागि ललितपुरस्थित क्यारेबियन कलेजका विद्यार्थी सवार बा २ ख ६९२२ नम्बरको भाडाको बस फर्पिङ–कुलेखानी सडकको लामागाउँ भन्ने स्थानबाट करिब एक सय फिट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा १८ वर्षका युवराज खत्रीको ज्यान गएको प्रहरीले जनाएको छ । घाइतेको काठमाडौंको ट्रमा सेन्टर र मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया