Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – सत्तारुढ दल र मधेशी मोर्चाबीच आज वार्ता हुने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा अपरान्ह ४ बजे पछि सत्तारुढ दल माओवादी केन्द्र, नेपाली काँग्रेस र आन्दोलनरत मधेशी मोर्चाबीच छलफल हुने बताईएको छ । 

छलफलमा संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्तावमा मोर्चाको असन्तुष्टिका बारेमा कुराकानी हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । सरकारले संसदमा दर्ता गरेको संविधान संशोधनको प्रस्तावमा धेरै चित्त नबुझाएको मोर्चाको राय बुझ्न छलफलको आह्वान गरिएको हो । यसअघि प्रमुख प्रतिपक्ष दल एमालेसंग भएको छलफलमा राजनीतिक सहमतिमा अघि बढ्ने सहमति भएको थियो ।

मोर्चासंग संविधान संशोधन प्रस्तावलाई संसदमा गतिदिने लगाएतका विषयमा छलफल हुने छ । संशोधन प्रस्ताव दर्ताको विरोधमा एमालले गरेको संसद अबरुद्धलाई कसरी अन्त्य गर्ने भन्ने बारेमा पनि मोर्चासंग छलफल हुने छ ।

तपाईको प्रतिक्रिया