Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – १८ दिनदेखिको लगातार बन्दका कारण गुल्मीको जनजीवन कष्टकर बन्दै गएको छ । सरकारले ५ नम्बर प्रदेशमा रहेका पहाडी जिल्लाहरुलाई तराईबाट टुक्रयाएर संसदमा दर्ता गरेको संविधान संशोधन बिधेयकको खारेजीको माग गर्दै हिजोबाट आन्दोलन अझ तीव्र बनेको छ ।

बन्दका कारण सवारी साधन, शैक्षिक संस्था, बजार, वित्तीय संस्था, सरकारी तथा ग्रैर सरकारी संघ संस्था पूर्ण रुपमा बन्द छन । जसका कारण त्यहाँको जनजीवन नराम्ररी प्रभावित भएको छ । यसैबिच गुल्मीमा हिजो प्रहरी र बन्दकर्ताबीच झडप हुँदा सासंद सहित २० भन्दा धेरै आन्दोलनकारी घाइते भएका छन ।

जिल्ला प्रशासन कार्यलय तम्घासमा संयुक्त संघर्ष समितिले लगाएको ताला प्रहरीले खोल्ने क्रममा दुईपक्षबिच झडप भएको थियो । यता पाल्पा, अर्घखाँची, रुपन्देही, प्यूठान, रोल्पा लगायतका जिल्लाहरुमापनि आमहड्तालका कार्यक्रमहरु भईरहेका छन ।

तपाईको प्रतिक्रिया