Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – भूकम्प अतिप्रभावित ११ जिल्लामा खटिएका इन्जिनियर, ओभरसियर र सवओभरसियरले पुस ४ गतेसम्म माग पूरा नभए ५ गतेदेखि सामूहिक राजीनामा दिने घोषणा गरेका छन् ।

पुनःनिर्माणमा खटिएका प्राविधिकले पटक पटक राखेका माग पूरा नभएकाले स्थलगत रुपमा काम गर्ने वातावरण नभएको भन्दै उनीहरुले राजीनामा दिने घोषणा गरेका हुन् ।

लाभग्राहीले राखेका गुनासाको सुनुवाइ, प्रकृति सुहाउँदो डिजाइन प्रविधि १७ प्रकारको भन्दा उपयुक्त व्यवस्था, दोस्रो र तेस्रो किस्ताको रकम सिफारिसका लागि आवश्यक कार्य्विधि तत्काल पारित गर्नुपर्ने प्राविधिकको माग छ ।

दोस्रो र तेस्रो किस्ताको रकम इन्जिनियरले नै दिने भूकम्पपीडितमा सन्देश गएको तर आफूहरुलाई यसको प्रक्रियाबारे राम्रोसँग जानकारी नगराइएको इन्जिनियर कपिल रेग्मीले गुनासो गर्नुभयो ।

जिल्ला, नगरपालिका, स्रोतकेन्द्र र गाउँमा खटिएका प्राविधिकसँग पीडितले सल्लाह लिने, दिने प्रयोजनका लागि कार्यालयको व्यवस्था, प्राविधिकलाई बस्ने ठाउँको व्यवस्था, पुनःनिर्माणका लागि आवश्यक पर्ने सम्पूर्ण सुविधा र सामग्रीको व्यवस्था गरिनुपर्ने इन्जिनियर सञ्जीव अम्गाईंले बताउनुभयो ।

पुनःनिर्माणसम्बन्धी ऐन, २०७२ को दफा १४ को उपदफा ६ मा व्यवस्था भएअनुसार प्राधिकरण कार्यकारी समितिले सरकारबाट उपलब्ध गराइएको कर्मचारीलाई थप सुविधा (तलब, भत्ता, सञ्चार खर्च, यातायात सुविधा) उपलब्ध गराउन निर्देशक समितिले कात्तिक १० र मङ्सिर ५ गते गरेको निर्णय अवैज्ञानिक भएको इन्जिनियरहरुको भनाइ छ ।

कार्यसम्पादन मापनको आधारमा प्रोत्साहन भत्ता दिइनुपर्ने प्राविधिकले माग गरेका छन् । नेपाल इन्जिनियर्स एसोसिएसन कार्यसमिति सदस्य अनुप गौतमले पुनःनिर्माणमा खटिएका प्राविधिकको मागप्रति सङ्गठनको ऐक्यबद्धता रहेको बताउनुभयो ।

पुनःनिर्माणका लागि खटिएका दुई हजार ५७१ प्राविधिक मध्ये काम गर्ने वातावरण नबनाइदिँदा २२० जनाले काम छाडेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

तपाईको प्रतिक्रिया