Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं  – उन्नाइस वर्ष मुनिको एसिया कप क्रिकेटमा नेपाल भारतसँग ६ विकेटले पराजित भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले दिएको १ सय ७३ रनको लक्ष्य भारतले ३३ ओभर ३  बलमा ४ विकेट गुमाएर पूरा गरेको हो ।

भारतका हिमांशु रानाले ६१ बलमा ५१ रन, शुबमान गिलले ६३ बलमा ५७ रन, प्रियम रागले ४२ बलमा ३६ रन बनाए । नेपालका पवन सर्राफले तीन र सन्दिप लामिछानेले एक विकेट लिए ।

यसअघि ब्याटिङ गरेको नेपालले नौ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो ।  नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक ६८ रन बनाए । पाली सम्हालेर खेलेका रोहितले ९३ बलमा ६८ रन बनाएका हुन् । उनले ७ चौका र २ छक्का हाने । त्यस्तै दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए ।

उनले ६२ बलमा ४ चौकाको मदतमा ३४ रन बनाएका हुन् । त्यस्तै आरिफ सेखले ३२ बलमा १८ रन, प्रकाश केशीले १८ बलमा १३ रन, शुभाङ्कर उरावले ७ बलमा ९ रन, सन्दिप सुनारले ३५ बलमा ७ रन, पवन सरार्फले १७ बलमा २ रन बनाए ।

भारतका लागि राहुल चाहारले पाँच विकेट लिए । कमलेस नगरकोटी, एस ठाकुर, आयुष जमवाल र हिमान्सु रानाले एक÷एक विकेट लिए । नेपाल पहिलो खेलमा श्रीलंकासँग एक रनले पराजित भएको थियो । अब नेपालले आइतबार मलेसियासँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया