Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

सिरिया – विद्रोही नियन्त्रित सिरियाको एलेप्पोमा फसेका तीन हजारभन्दा धेरै नागरिकलार्ई बाहिर निकालिएको छ । अन्तर्राष्ट्रिय रेडक्रसले विद्रोहीको नियन्त्रणमा रहेको एलेप्पोमा फसेकाहरुलाई सकुशल बाहिर निकालिएको जनाएको छ ।

रुसी सेनाको सहयोगमा सिरियाली सेनाले विद्रोहीको कब्जामा रहेको क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएपछि फसेकाहरुको उद्दार गरिएको हो । अन्य मानिसको पनि उद्दार भइरहेको विविसीले जनाएको छ ।

पूर्वी एलेप्पोमा विद्रोहीले झण्डै चार वर्षदेखि कब्जा गर्दै आएका थिए । त्यहाँका स्थानीयलाई समेत उनीहरुले बन्धक जस्तै बनाएर राखेका थिए । रुसी रक्षा मन्त्रालयले उद्दार गरिएका घाइते, सर्वसाधारण र लडाकुलाई इदलिब प्रान्तमा राखिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया