Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं  – तेह्रथुमको संक्रान्ति बजारमा लागेको आगो जिल्ला प्रहरी कार्यालय पाँचथरबाट दमकल लगेर निभाउने प्रयास भइरहेको छ । अहिले आगो फैलिने क्रम रोकिएको प्रहरीले जनाएको छ ।

अग्नी सेडाइँको घरबाट सल्किएको आगोले बद्री सेडाइँ, दिपेश सिटौला र रत्न तामाङसहित २० घर जलेर नष्ट भएका छन् । संक्रान्ति बजारको एक भागबाट सुरु भएको आगलागी अहिले बाटोको दुबैतर्फ फैलिएको छ ।

आगो निभाउनका लागि सशस्त्र र नेपाल प्रहरीको टोली गरी ५५ जना खटिएको अञ्चल प्रहरी कार्यालयको प्रमुख सफल पोर्तेलले जानकारी दिनुभयो । आगलागीबाट थप क्षति हुन नदिन आआफ्ना घरबाट सबै सामान बाहिर निकाल्न प्रहरीले अपिल गरेको छ । तेह्रथुममा दुई दिनदेखि खानेपानीको पनि अभाव छ ।

तपाईको प्रतिक्रिया