Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले अहिले भारतसँग खेलिरहेको छ ।

टस जितेर नेपालले व्याटिङ गरिरहेको नेपालले अहिले ५ ओभरको समाप्तीमा १३ रन बनाएर बिना विकेट खलिरहेको छ । श्रीलंकामा हिजोदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले श्रीलंकासँग पराजित भएको थियो । हिजो नै भएको अर्को खेलमा भारतले मलेसियालाई पराजित गरेको थियो । 

टेष्ट मान्यताप्राप्त राष्ट्र भारत यो प्रतियोगिताको उपाधि दावेदार हो । एसोसिएट राष्ट्र भए पनि उमेर समुहका हरेक प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपालले आजको खेलमा भारतलाई स्तब्ध बनाउने प्रयासमा रहने छ ।

आठ टोली सहभागी प्रतियोगिताको समुहबाट माथिल्लो चरणमा प्रवेश गर्ने सम्भावना जीवित राख्न नेपालले आजको खेलमा भारतलाई पराजित गर्नुपर्ने छ ।

तपाईको प्रतिक्रिया