Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – लमजुङबाट काठमाडौं आउँदै गरेको स्कारपियो भ्यान पृथ्वी राजमार्ग अन्तर्गत धादिङ महादेवबेशी नजिकैको कोइराले डाँडामा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।  

आज बिहान महादेववेसी नजिकै कोइराले डाँडामा ग २ च ४५७२ नम्बरको स्कारपियो भ्यान सडकबाट करीव १०० मिटर तल खसेको स्थानीय सञ्चारकर्मी बासु श्रेष्ठले समुद्रपारिलाई जानकारी दिनुभयो । भ्यानमा सबार सबै चालकसहित दुई पुरुष र एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चालक लमजुङ गाउँशहर ६ का माधव धिताल र लमजुङ चण्डीस्थान ७ का बिष्णु बहादुर राउतको मात्र सनाखत भएको छ ।  फोटोहरु: बासु श्रेष्ठ 

तपाईको प्रतिक्रिया