Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्यहरुले सदस्य भन्दा बाहिरको व्यक्तिलाई प्रेस संयोजक र वैदेशिक मामिला सल्लाहकारमा नियुक्ति गरेकोमा अध्यक्ष सामू आपत्ति जनाएका छन् । 

बिहीबार संघका अध्यक्ष नैनसिंह महरलाई भेटेर २५ जना सदस्यहरुको टोलीले नेतृत्वलाई मनोमानी ढंगलले अगाडि नबढ्न चेतावनी दिएको संघका केन्द्रिय सदस्य शैलेन्द्र शर्मा गौडेलले समुद्रपारिलाई जानकारी दिए । उनीहरुले संघको नियमावलीमा पदाधिकारी र सदस्यहरुको काम, कर्तब्य र अधिकारबारे स्पष्ट उल्लेख हुनुपर्ने तथा विभाग गठन गर्दा सम्बन्धित क्षेत्रको ज्ञान भएका सदस्यहरुलाई राख्नुपर्ने पनि बताए ।

अध्यक्ष संगको भेटमा केन्द्रीय सदस्यहरुले हरेक निर्णयहरु पारित गर्नुपर्ने लगायतका माग पनि राखेका थिए । भेटमा गौडेल सहित सुशील भट्ट, प्रेम शाही, लक्ष्मण पन्थी लगायत २५ जना केन्द्रिय सदस्यहरु सहभागी थिए ।

तपाईको प्रतिक्रिया