Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – संविधान संशोधन प्रस्तावको विपक्षमा रहेका युवा तथा विद्यार्थी सङ््गठनले आज व्यवस्थापिका–संसद्का सांसदलाई मोबाइल एसएमएसमार्फत सन्देश प्रवाह गरेका छन् ।

उक्त प्रस्ताव देश र जनताको हितमा नरहेकाले फिर्ता लिन सो प्रक्रिया अवलम्बन गरिएको हो । उनीहरुले माननीय होसियार, जनताको अपेक्षा छ राष्ट्रघाती संविधान संशोधन विधेयक खारेज होस् भनी मोबाइलमा सन्देश लेखेर प्रवाह गरेका छन् । संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न दल तथा स्वतन्त्र सांसदले सो प्रक्रियालाई फिर्ता लिन तथा असफल बनाउन सक्ने निर्णायक भूमिका हुने हुँदा सन्देश प्रवाह गरिएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिनुभयो ।

नेकपा एमाले, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी लगायतका युवा तथा विद्यार्थी सङ्गठनका नेताले दबाब सिर्जना गर्न गरेका हुन् । युवा तथा विद्यार्थीका सङ्गठनले अघिल्लो दिन संयुक्त बैठक बसी नयाँ चरणको दबाबका कार्यक्रम ल्याएका थिए । सोही कार्यक्रमअन्तर्गत आज सन्देश प्रवाह गरिएको छ ।

तपाईको प्रतिक्रिया