Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक ऐन–कानुन निर्माणपछि कम्तीमा ४ महिनाको समय राखेरमात्रै चुनावको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको छ ।

सरकारले चुनावको मिति घोषणा गर्ने तयारी गरिरहेकाबेला आयोगले स्थानीय तहको चुनावअघि गर्नुपर्ने सबै काम सम्पन्न गरेरमात्रै चुनावको मिति तोक्न सरकार र राजनीतिक दलहरुलाई आग्रह गरेको हो ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बुधबार हामीसँग कुरागर्दै सीमांकन तथा गाउँपालिका, नगरपालिकालगायतको विषय टुंगिएपछिमात्रै स्थानीय तहको चुनाव सम्पन्न गर्न कानुनीरुपले सम्भव हुने बताए ।

प्रवक्ता शर्माले स्थानीय निकाय वा स्थानीय तह के–को चुनाव पहिला गर्ने हो भन्ने विषयमा राजनीतिक दलहरु स्पस्ट हुनु जरुरी भएको बताए ।

उनले निर्वाचन आयोग चुनावकै तयारीमा लागेको भएपनि आवश्यक ऐन–नियमहरु समयमै उपलब्ध भएमात्रै आयोगलाई काम गर्न सहज हुने बताए ।

तपाईको प्रतिक्रिया