Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – प्रचण्ड सरकारका स्वास्थ्यमन्त्री गगन थापा शेयरका धनी देखिनुभएको छ । उहाँले सरकारलाई बुझाएको सम्पत्ति विवरणमा आफ्नो, छोरीहरु, श्रीमतीका साथै बुबा र आमाका नाममा ४५ बढी कम्पनीमा शेयर रहेको उलेख गर्नुभएको छ ।

नगद भने बैंकमा रहेको ४ हजारसहित ९ हजार मात्र रहेको उहाँको सम्पत्ति विवरणमा लेख्नुभएको छ । श्रीमती अन्जनाको नाममा भने २० लाख बढी नगद छ । गगनले श्रीमतीको पेवा, दाइजो, पैत्रिक तथा स्वआर्जन सबै गरेर १६ तोला सुन, २०० तोला चाँदी र हिराका केही गहना रहेको उल्लेख गर्नुभएको छ ।

काठमाडौंको रातोलुपमा घर तथा जग्गा छ । तर, दुबै घर उनको आमाको नाममा छ । सल्यान र सुनसरीमा जग्गा रहेको जग्गा भने उहाँका बुबाको नाममा रहेका छन् ।

तपाईको प्रतिक्रिया