Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं  – देशको सबै आयव्यको हिसाब राख्ने र खर्चका लागि राज्यका अरु निकायलाई अनुमति दिने अर्थमन्त्री कृष्णबहादुर महरासँग करोडौं सम्पति होला भन्ने धेरैलाई लाग्न सक्छ । तर, धेरैले सोचे जस्तो अर्थमन्त्री महरासँग प्रशस्त सम्पत्ति नभएको पाइएको छ ।

उपप्रधानमन्त्रीसमेत रहेका र माओवादीका प्रभावशाली नेता महराले रोल्पामा अन्दाजी आठ रोपनी सुख्खा पाखो र ८० हजार रुपैयाँ नगद मात्र भएको विवरण प्रधानमन्त्री तथा मन्त्रिषरिषद् कार्यालयमा पेश गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बुधबार सार्वजनिक गरेको मन्त्रीहरुको सम्पति विवरणअनुसार महरा गरिब मन्त्री देखिनुभएको छ ।

सार्वजनिक सम्पत्ति विवरणअनुसार महराको रोल्पाको लिवाङ–८ मा रहेको जग्गाको भोग चलन हाल सहकारीले गरिरहेको उल्लेख गरिएको छ । महराले आफूसँग सामान्य दुई तले घर र एक तले एउटा गोठ रहेको बताउनुभएको छ ।

महराले आफूसँग मन्त्री भएपछि पारिश्रमिक बापत भएको ८० हजार रुपैयाँ एभरेष्ट बैंकमा जम्मा गर्नुभएको छ । महराले पेश गरेको सम्पति विवरणमा सुन, चाँदी, हिरा, जहवारत जस्ता कुनै पनि बहुमूल्य धातु नभएको उल्लेख गरिएको छ । महरासँग शेयर, धितोपत्र, सवारी साधन कुनै पनि वस्तु नभएको उल्लेख छ ।

तपाईको प्रतिक्रिया