Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार कार्कीसँग ५० लाख रुपैयाँ र १० तोला सुन छ ।

सुन उहाँले आमाबाट पाउनुभएको उल्लेख छ । नगद सांसद तथा मन्त्रीले पाउने भत्ताबाट, पत्नीको नामको जग्गा बेचेर र छोराहरुलाई मावलीले दिएको रकमबाट वचत भएको कार्कीले उल्लेख गर्नुभएको छ ।

कार्कीले ओखलढुंगामा स्वर्गीय आमाको नाममा चार रोपनी जग्गा र छोराको नाममा भक्तपुरको झौखेलमा १० आना २ पैसा र सिपाडोलमा ९ आना जग्गा रहेको जानकारी दिनुभएको छ । यो दुवै जग्गा मामाले आमालाई दिएको र आमाको नामबाट आफ्नो नाममा आएको कार्कीले उल्लेख गर्नुभएको छ ।

सञ्चार मन्त्री कार्कीले आफ्नी श्रीमतीको नाममा भारतको दार्जिलिङ र सिक्किममा घर रहेको उल्लेख गर्नुभएको छ । कार्कीसँग दुई वटा ल्यापटप, आइफोन र आइप्याड पनि छ । यो सबै उहाँले उपहारमा पाएको बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया