Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं  – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मन्त्रीहरुको सम्पति विवरण बुधबार सार्वजनिक गरिएको छ ।

धनुषाको नगराईन गाविस–२ स्थायी घर भएका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिको नगराईनमै दुई तले पक्की पुख्र्यौली घर छ । भक्तपुरमा श्रीमती अनामिकाको नाममा एक रोपनी १३ आना जग्गा छ ।

गृह मन्त्री निधिसँग ६० तोला सुन, १ सय ५० तोला चाँदी र नगद १० लाख ९६ हजार ८ सय २५ रुपैयाँ रहेको सम्पत्ति विवरण पेश भएको छ । उहाँले सुन तथा चाँदी दाइजो, पेवा र उपहारबाट प्राप्त भएको उल्लेख गर्नुभएको छ ।

त्यस्तै श्रीमतीका नाममा हिमालय बैंकमा १४ लाख ३७ हजार पाँच सय ९३ रुपैयाँ, आफ्नो नाममा हिमालय बैंकमै १४ लाख रुपैयाँ, कृषि विकास बैंकमा २९ हजार २२ रुपैयाँ रहेको उल्लेख छ । निधिले १ लाख ३५ हजार रुपैयाँ ऋण लिएको समेत विवरण पेश गर्नुभएको छ । निधिले आफूसँग २०५४ सालमा ७ लाख रुपैयाँमा किनेको निसान गाडी रहेको पनि सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ । गृह मन्त्री निधिको विभिन्न अस्पताल तथा बैंकका गरी २१ सय ६० कित्ता शेयर पनि छ ।

तपाईको प्रतिक्रिया