Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको राष्ट्रिय अखण्डता र एकतालाई केन्द्रमा राखेर सङ्गठन सुदृढीकरण गर्नुपर्ने बताउनुभएको छ ।

पार्टीका नवनियुक्त पदाधिकारीलाई पदबहाली गराउन आज केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले पदाधिकारीलाई मनोनयन पत्र हस्तान्तरण गर्दै देश र जनताको सेवालाई प्राथमिकतामा राखेर राजनीति तथा सामाजिक सेवा सञ्चालन गर्न आग्रह गर्नुभयो ।

उहाँले मुलुकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमले अहिले देशमा रहेका राजनीतिक शक्तिकाबीच नयाँ धु्रवीकरण बन्न सक्ने सम्भावना रहेको औँल्याउँदै संविधान संशोधनको विषय पेचिलो बन्दै गएको बताउनुभयो ।

अध्यक्ष थापाले राष्ट्रको प्राचीन मूल्य मान्यता तथा परम्परा र संस्कृतिको संरक्षणका लागि बलियो प्रजातान्त्रिक शक्तिको खाँचो रहेको बताउनुभयो । उहाँले स्थानीय निर्वाचनको सम्भावना बढेकाले पार्टीलाई बलियो शक्तिका रुपमा स्थापित गर्न गाउँगाउँमा पुगेर जनताको सेवामा लाग्न पदाधिकारीलाई निर्देशन दिनुभयो ।

सो पार्टीले मङ्गलबार २० सदस्यीय पदाधिकारी चयन गरेको पार्टीका सहायक प्रवक्ता राजाराम बर्तौलाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया