Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

अमेरिका – अमेरिकाले यमनमा गरिएको हवाई आक्रमणबाट सर्वसाधारण मारिएको भन्दै साउदी अरबलाई सिमित हतियार बिक्री गर्ने जनाएको छ ।

राष्ट्रपति बाराक ओबामाको प्रशासनले हवाई आक्रमणमा त्रुटि देखिएको भन्दै हतियार कम विक्री गर्ने जनाएको छ । साउदी अरबसंग अमेरिकाको सुरक्षा सहकार्य खाली चेक नभएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

यमनमा अरब नेतृत्वको गठबन्धन सेनाले इरानको समर्थन रहेको हुथी विद्रोहीविरुद्ध आक्रमण गरिरहेको छ । गत अक्टोबरमा मात्र १ सय ४० जना सर्वसाधरण हवाई आक्रमणमा मारिएका थिए । मन्सुर हादीको सरकारलाई धपाए पछि राजधानी सना हुथी विद्रोहीको नियन्त्रणमा छ ।

यमनमा सन् २०१४ यता सुरु भएको संघर्षका कारण दशौं हजार सर्वधारण मारिएका छन् भने ३० लाख मानिस मुलुक छाड्न बाध्य बनेका छन् ।

तपाईको प्रतिक्रिया