काठमाडौं – रामेछापको खाँदादेबीमा मंगलबार राति भएको ट्रिपर दुर्घटनामा चार जनाको ज्यान गएको छ ।
मंगलबार राति साढे ८ बजे बा २ ख ६८८८ नम्बरको ट्रिपर सडकबाट झण्डै तीन सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यलय रामेछापले जानकारी दिएको छ । मृत्यु हुनेमा सिन्धुलीका रुपेश भण्डारी, सर्लाहीका विकास पौडेल, सिन्धुपाल्चोकका कुमार बिक र ललितपुरका ३५ वर्षका किरण डाँगी रहेका छन् ।
प्रहरीका अनुसार डाँगीको उपचारको क्रममा र अरु तीन जनाको घटनास्थलमै ज्यान गएको हो ।