Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – नेपालको शीर्ष क्लब थ्रीस्टारले अखिल नेपाल फुटबल संघ एन्फाले आफुमाथि गरेको घातको विरोध गर्दै क्षतिपूर्ति स्वरुप ६ करोड मागेको छ ।

थ्रीस्टारले मंगोलियामा भएको एएफसी कपको पहिलो चरण पार गरेर दोस्रो चरणको प्लेअपमा छनोट भएको टोलीमाथि घात गरी सो प्लेअप खेल्नबाट बन्चित गराएको भन्दै मंगलबार ललितपुरको पाटन ढोकामा पत्रकार सम्मेलन गरी क्षतिपूर्ति दिनुपर्ने माग गरेको हो ।

थ्रीस्टारका महासचिव सन्जिव शिल्पकारसहित पदाधिकारीले पत्रकार सम्मेलनमा एएफसीले बारम्बार प्लेअप सहभागिताका लागि क्लब दर्ताका लागि पत्राचार गर्दा समेत एन्फाले त्यसलाई पूर्णरुपमा वेवास्ता गरी क्लबमाथि मात्र नभई समग्र नेपाली फुटबलमाथिनै कुठाराघात गरेको आरोप लगाए ।

एएफसी टोली दर्ता नगरेको विषयले आम नेपाली फुटबल समर्थक दुःखी भएको भन्दै थ्रीस्टारले घटनाको सत्य तथ्य छानविन गरी दोषीलाई कारबाही गर्न नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीसंग आग्रह गरेको छ ।

एएफसी कपमा छनोट हुदाँका बखतदेखि अहिलेसम्म करोडौँ घाटा भएको, खेलाडीलाई अनुबन्ध गर्दा लाखौं रुपैयाँ लगानी गर्नुपरेको र खेल्न जाँदा आउँदा पनि ठूलो खर्च भएको भन्दै त्यो सबै खेर गएकामा एन्फाले क्षतिपूर्ति दिनु पर्ने थ्रीस्टारको भनाई छ ।

यस्तै, आफुहरुले न्याय नपाएसम्म क्लबले कुनै पनि प्रतियोगितामा भाग नलिने क्लब महासचिव शिल्पकारले बताए । तत्काल अदालत जाने विषयमा भने सोचिनसकेको उनले जानकारी दिए । यस्तै, थ्रीस्टारका पदाधिकारीले उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा एन्फाले गठन गरेको छानविन समितिको अर्थ नरहेको बताएका छन् ।

थ्रीस्टार महासचिव शिल्पकारले भने, ‘एन्फाले हामीबाट गल्ति भएकै हो भनेर स्वीकारीसकेपछि छानविन समिति गठन गर्न हास्यास्पद हो । त्यसले के छानविन गर्छ र रु ।’ हामीलाई गल्ती भएको भनि आधिकारिक पत्र नै आइसकेपछि दोषीलाई कारबाही गरे भैगो नि १ किन छानविन समिति गठन गर्नु ।’ शिल्पकारले दिएको संकेतले एन्फामा आगामी एन्फा निर्वाचनलाई लिएर अहिलेबाटै प्रपोगाण्डा भइरहेको भन्ने जनाउ दिएको छ ।

तपाईको प्रतिक्रिया