Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले अत्यधिक विद्युत् चोरी हुने क्षेत्रमा रातभर लाइन काट्न सम्बन्धित सवस्टेसन र फिडरलाई निर्देशन दिएको छ ।
“माग अत्यधिक भएको क्षेत्रमा विद्युत् पुर्याउन नसकिने तर चोरी हुने क्षेत्रमा बढी विद्युत् दिने भन्ने हुन्न, त्यस्ता क्षेत्रमा तत्काल लाइन काट्नु,” प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भन्नुभयो । विद्युत् अत्यधिक चोरी हुने क्षेत्रमा गनिएको चितवनमा भने हाल सामान्य मात्रै चोरी हुने गरेको छ । भरतपुर सवस्टेसनले चोरी नियन्त्रण अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाएपछि चोरी नियन्त्रणमा आएको हो ।
विद्युत् चोरी नियन्त्रणका लागि गृह मन्त्रालयले भने स्थानीय जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई विशेष परिपत्र गर्ने जनाएको छ । गृह सचिव लोकदर्शन रेग्मीले प्राधिकरणका कर्मचारीको सुरक्षा र चोरी नियन्त्रणका लागि बढी चोरी भएका क्षेत्रमा विशेष टोली नै परिचालन गर्ने बताउनुभयो
यसैबीच, सरकारले योजनाबद्ध रुपमा विद्युत् चुहावट नियन्त्रण गर्नेतर्फ पहल गरे रु पाँच अर्ब नेपाल विद्युत् प्राधिकरणलाई फाइदा हुने देखिएको छ ।
प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा उपलब्ध विद्युत्मध्ये करिब २४० मेगावाट विद्युत् चोरी तथा प्राविधिक चुहावटका कारण खेर गइरहेको अवस्थामा तत्काल १० प्रतिशतमात्रै चुहावट र चोरी नियन्त्रण गर्न सके सो मूल्य बराबरको रकम बचत गर्न सकिने देखिएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले चोरी नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन सकिए प्राधिकरणको आर्थिक अवस्था मजबुत बन्ने र विद्युत्को मूल्य वृद्धि गरिराख्नुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो । प्राधिकरणका अनुसार १० प्रतिशतको हाराहारीमा विद्युत् चोरी हुने गरेको छ । यस्तै १५ प्रतिशत विद्युत् प्राविधिक रुपमा नै चुहावट हुने गरेको छ ।

तपाईको प्रतिक्रिया