Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – १९ वर्षमुनिको एसियाकप क्रिकेट खेल्न जाने खेलाडीलाई सोमबार बिदाइ गरिएको छ । काठमाडौंमा भएको कार्यक्रममा राखेपका सदस्य सचिव केशव विष्टले खेलाडीलाई बिदाइ गर्नुभएको हो ।

कार्यक्रममा नेपाली टोलीका कप्तान सन्दिप लामिछानेले जित्ने लक्ष्यका साथ श्रीलंका जान लागेको बताएका छन् । प्रतियोगितामा भाग लिन नेपाली टोली भोलि श्रीलंका जाँदै छ । नेपालले आगामी बिहीबार आयोजक श्रीलंकासँग खेल्नेछ ।

समूह ‘ए’मा नेपालसँगै, श्रीलंका, भारत र मलेसिया छन् । सन्दिप लामिछानेसँगै टिममा मोहम्मद आसिफ, रविन्द्र जंग शाही, आदिल खान, भीम सार्की, अनिल कुमार साह, दिपेन्द्र सिंह ऐरी, पवन सर्राफ, सुवर्णाकार उराव, सन्दिप सुनार, कमल सिंह ऐरी, नन्दन यादव, प्रकाश केसी, रोहित कुमार पौडेल, अविश कर्ण छन् । टिम प्रशिक्षक विनोद दास छन् ।

तपाईको प्रतिक्रिया