Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालसँग सोसलिस्ट पार्टी अफ बङ्गलादेशका जनरल सेक्रेटरी खालेकुजमन नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार भएको भेटमा प्रधानमन्त्री दाहाल र खालेकुजमनबिच दुई देशको सम्बन्ध एवमं नेकपा माओवादी केन्द्र र सोसलिस्ट पार्टी अफ बङ्गलादेशबिचको अन्तरपार्टी सम्बन्धका बारेमा छलफल भएको थियो ।

भेटका अवसरमा प्रधानमन्त्री दाहालले नेपाल परिवर्तनका मुद्दालाई संस्थागत गर्ने चरणमा रहेको र सरकारले परिवर्तन संस्थागत गर्दै समृद्धि हासिल गर्ने कुरालाई प्राथमिकतामा राखेको बताउनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले राष्ट्रिय एकता बलियो पार्दै संविधान कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, पुनर्निर्माण र नवनिर्माण एवमं समृद्धिलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै राष्ट्रिय हित र साझा सवालमा नेपाल र बङ्गलादेशबिच सम्बन्ध अझै घनिष्ट बन्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

भेटमा जनरल सेक्रेटरी खालेकुजमनले बङ्गलादेशको सोसलिस्ट पार्टीले नेपाल र नेकपा माओवादी केन्द्र सँग मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्न चाहेको जानकारी दिँदै प्रधानमन्त्रीलाई बङ्गलादेश भ्रमणका लागि निमन्त्रणा गर्नुभएको सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया