Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

टोकियो – टोकियोमा आइतवार विविध साँस्कृतिक कार्यक्रम रामेछाप साँगीतिक साँझ सम्पन्न भएको छ ।

कार्यक्रममा नेपालबाट आएका चर्चित कलाकारहरुले आ-आफ्ना प्रस्तुती मार्फत जापानबासी नेपाली दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए । कलाकारहरुमा पप तथा आधुनिक गायिका इन्दिरा जोशी, गायक अल्मोडा राना उप्रेती, लोक तथा दोहोरी गायिका गीता सेन्चुरी, गायक ताराप्रकाश लिम्बु, लोक तथा दोहोरी गायिका पार्वती कार्की, हास्य कलाकार मरिचमान श्रेष्ठ (ध्रुबे बल्छी), गायिका तथा नायिका श्रीधरा अधिकारी, गायक अमृत खाती र जापानमै रहेका गायक दर्शन लामा थिए । यसैगरी स्थानीय कलाकार संगीता क्षेत्री र सुरेश लामाले रिमिक्स गीतमा आकर्षक युगल नृत्य प्रस्तुत गरेका थिए ।

रामेछाप जिल्लाको दुर्गम बस्तीहरुमा एम्बुलेन्स र स्वास्थ्य उपकरण उपलब्ध गराउने उध्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको थियो । सो साँगीतिक समारोहको प्रमुख अतिथि एनआरएन जापानका अध्यक्ष सुदन थापा, समाजका अध्यक्ष तथा समारोहका सभापति उत्तम श्रेष्ठ, बिशेष अतिथिहरु प्रमुख इभेन्ट पार्टनर सिध्दार्थ रेमिट्यान्सका कार्यकारी प्रमुख बाबुराम भण्डारी, सह-इभेन्ट पार्टनरहरु नेपाली जनप्रगतिशील मञ्च जापानका अध्यक्ष हवलचन्द्र लामा, मयुर कर्पोरेशनका प्रमुख अरुणकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल लगायतले संयुक्तरुपमा रिवन काटेर उद्घाटन गरेका थिए ।

प्रमुख अतिथि एनआरएन अध्यक्ष थापा र बिशेष अतिथि मञ्चका अध्यक्ष लामाको शुभकामना मन्तब्य, शिक्षाशान्ति वाइवाको आकर्षक उद्घोषण रहेको सो कार्यक्रमको प्रारम्भमा समाजका सल्लाहकार सुरेन्द्रलाल श्रेष्ठको स्वागत मन्तब्य रहेको थियो । कार्यक्रमको अन्तमा समारोहका अध्यक्ष उत्तम श्रेष्ठले साँगीतिक साँझ सफल पार्न बिभिन्न ढंगले सहयोग गर्ने सम्बन्धित सबैमा धन्यबाद ज्ञापन गरेका थिए ।

रामेछाप समाजले ८ जना कलाकारहरुको ठूलो टोली जापान बोलाएर जापानको नेपाली समुदायबीचमा पहिलोचोटी बृहत साँगीतिक कार्यक्रमको आयोजना गरेको हो । निर्धारित समयभन्दा निकै ढिलोगरी कार्यक्रम सुरु हुनु, स्थानीय समेत गरी झण्डै दर्जन जति कलाकारका लागि पर्याप्त समय नपुग्नु जस्ता कमीकमजोरीका बाबजुद उत्साहजनक दर्शकहरुको उपस्थितिका बिच रामेछाप साँगीतिक साँझ सम्पन्न भएको छ ।****

तपाईको प्रतिक्रिया