मंगलबार, आषाढ ११, २०८१
Tuesday, June 25, 2024

टोकियो-जापानबाट नेपाल जान लागेकी मथुरादेवि भण्डारीको बीच बाटैमा निधन भएको छ । नेपालको चितवन घर भइ  जापानमा श्रीमान र एक छोराका साथ बस्दै अाएकी भण्डारी नेपाल जान हिडेकी थिइन तर उनको बाटैमा निधन भयो । मृतक भण्डारी छोरासँगै नेपाल जान हिडेकी थिइन तर विमान डिले भइ विमान कुर्न नसक्ने भएपछि पुनः कोठामा फर्कन लाग्दा एक्कासी रोगले च्यापेपछि सिनागावा नजिकै अस्पताल लगिएको थियो । अस्पताल लगेको केही समयमा नै उनको निधन भएको उनका श्रीमान इन्द्र भण्डारीले समुद्रपारिलाइ बताए । ‘बीच बाटैमा रोगले च्यापेपछि छोराले उनलाइ अस्पताल लग्यो म उनीहरूको सुटकेस लिएर कोठामा अाएँ । उनलाइ रोगले झनै च्यापेपछि छोराले छिटो अाउन खबर गरेको थियो । हतार-हतार अस्पताल पुगें तर उनलाइ भेटन सकिन’-श्रीमानले भावविह्वल हुँदै भने ।

उनी केही महिना अगाडिदेखि फोक्सोसँग सम्बन्धि रोगबाट पीडित थिइन । ३ वर्ष अगाडि जापान अाएकी मथुरादेवी बीचमा नेपाल गएर उपचार गराएकी थिइन तर जापानमा उपचार गराए केही हुनसक्ने सोचेर पुनः जापान अाइ चेकअप गराउँदै अाइरहेकी थिइन । भाषा तथा अार्थिक समस्याले निक्कै सास्ती खेप्नु परेपछि नेपालमा नै गएर थप उपचार गराउने योजनाका साथ उनलाइ नेपाल पठाउन लागेको कुरा श्रीमानले बताए । कुकका रूपमा करीव ९वर्ष पहिले जापान अाएका उनका श्रीमानले भने-‘उनको उपचारको लागि बाउ छोराले निकै मेहनत गरेर काम गरियो तर अस्पतालको महंगो उपचार खर्चले धान्नै नसक्ने अवस्थामा पुग्याैं तर उनलाइ बचाउन सकिएन ।’ श्रीमान इन्द्र भण्डारीले लामो सास फेर्दै भने-‘९ वर्ष अगाडि जापान अाएर पनि कहिल्यै अार्थिक अवस्था सुध्रिएन । अाफ्नो रेष्टुरेन्ट लाइनको काम त्यही नै हो, छोराले पार्ट टाइम गरेर कमाएको सम्पूर्ण पैसा उपचारमा नै सकियो ।’

उनले अाफ्नो अार्थिक अवस्था कमजाेर भएकाेले मृतककाे शब व्यवस्थापनकाे लागि जापानबासी नेपालीहरूमा सहयोगको लागि अनुरोध गरेका छन् । ***

तपाईको प्रतिक्रिया