Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – नेपालका लागि भारतीय राजदूत रञ्जित रायलाई देश निकाला गर्नुपर्ने माग गर्दै नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले परराष्ट्रमन्त्री प्रकाशशरण महतलाई ज्ञापनपत्र बुझाएको छ ।

संविधान संशोधनको बारेमा अनावश्यक चासो राखेको, निर्देशन दिएको र कुनै एउटा समूहलाई काखी च्यापेर नेपालको सार्वभौमिकतामाथि खलल पुर्‍याएको भन्दै अनेरास्ववियुले राजदूत रायलाई अयोग्य कुटनीतिक घोषणा गरेर  भारत फिर्ता पठाउन माग गरेको हो ।

भारतीय दूतावासमा बोलाएर नेपाली नेतालाई दिने निर्देशन र दवाब  दिएर नेपालको सार्वभौमसत्ता माथि हस्तक्षेप गरेकोले राय अयोग्य भएको अनेरास्ववियुको ठहर छ । ज्ञापनपत्र बुझ्दै परराष्ट्रमन्त्री महतले कसैको खुला हस्तक्षेप मान्य नहुने भन्दै नेपालको आन्तरिक मामलामा कसैको निर्देशन अक्षम्य हुने बताएको अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले  जानकारी दिनुभयो ।

नेपालको सार्वभौमसत्ता अखण्डता र स्वतन्त्रतामा आँच आउने किसिमका क्रियाकलाप भए कडा आन्दोलन गर्ने पनि प्रवक्ता लामिछानेले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया