Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

नवलपरासी – पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको देवचुली–१२ दलदले स्थित बौलाहा खोलाको पुलमा ट्रकले ठक्कर दिँदा आज बिहान पुल भाँचिएको छ । पूर्वबाट पश्चिमतर्फ गुडिरहेको ना ६ ख ३०१७ नम्बरको ट्रकले पुललाई ठक्कर दिँदा पुल झोलुङ्गो जस्तो बनेको छ । nawalparasi

पुल भाँचिएपछि यात्रुबाहक बस र मालबाहक ट्रक अलपत्र बनेका छन् । साना हल्का सवारी साधन भने पुल भाँचिएको भागभन्दा अर्को भागबाट सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । बौलाहा खोलामा डाइभर्सन निर्माण गरेर मात्र सवारी साधन आवात जावत गराउन सकिने बताईएको छ ।

पुल भाँचिएपछि पूर्वपश्चिम राजमार्गको रजहर र कावासोतीसम्म सवारी साधनको लाम लागेको छ । बिहान १० बजेसम्ममा डाइभर्सन बनाउने गरी काम थालिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया