Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – नयाँ शक्ति नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले दुईतिहाइ बहुमतले संविधानको संशोधन गर्नुपर्ने बताउनुभएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका भट्टराईले आज मकवानपुरको हटौंडामा भएको पत्रकार सम्मेलनमा बोल्दै संविधान संशोधन गरेपछि मात्र सबै समस्या हल हुन सक्ने बताउनुभयो । संविधान कार्यान्वयका लागि पहिले संशोधन गर्नु पर्ने बताउँदै उहाँले भन्नुभयो ‘संविधान जारी हुँदा नै मैले आधा भरिएको गिलासको रुपमा नयाँ संविधानलाई लिएको थिएँ । यो संविधानले सबैका माग पूरा भएका छैनन् । सबैका माग पूरा गर्नका लागि दुईतिहाइ बहुमतबाट संविधान संशोधन गर्नुपर्छ ।’

संविधानको संशोधनको कुनै विकल्प नै नरहेको उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया